सुचना, समाचार र मनोरन्जन

स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा गर्यो २ करोड २५ लाख कलेक्सन

काठमाडौं :

गत बिहिबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को तीन दिनको कमाई सार्वजनिक भएको छ। फिल्मकी अभिनेत्री तथा निर्मात्री समेत रहेकी स्वस्तिमा खड्काले तीन दिनमा फिल्मले २ करोड २५ लाख कलेक्सन भएको जानकारी दिएकी छन्। सामाजिक सञ्जालमार्फत फिल्मले उत्साहजनक व्यापार गरेरहेको समेत उल्लेख गरेकी छन्।

Chaka Panja

फिल्मले पहिलो दिन ८० लाखको ओपनिङ गरेको फिल्मका वितरक अशोक शर्माले जानकारी दिएका थिए। त्यसपछि शुक्रबार र शनिबारको व्यापार वृद्धि भएको देखिन्छ। वितरक कम्पनीका अनुसार शनिबार फिल्मले १ करोडभन्दा बढी कलेक्सन गरेको छ।

नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको यस फिल्ममा स्वस्तिमाकासाथमा निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतले अभिनय गरेका छन्।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्‌को ब्यानरमा निर्माण भएको यस फिल्मलाई सजन काफ्ले र आकाश बरालले लेखेका हुन भने निर्देशन पनि उनीहरुकै छ। यो उनीहरूको डेब्यु निर्देशकीय फिल्म हो। यस फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

Leave A Reply

Your email address will not be published.