सुचना, समाचार र मनोरन्जन
Sarangi

पृथ्वी राजमार्ग क्षेत्रका स्वास्थ्यकर्मीलाई सशस्त्रद्वारा ‘ट्रमा केयर’ तालिम

काठमाडौँ/

सशस्त्र प्रहरीले पृथ्वी राजमार्ग आसपासमा क्रियाशील स्वास्थ्यकर्मीहरूलाई ‘ट्रमा केयर’ तालिम दिएको छ । चितवनस्थित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा दुई दिनसम्म तालिम सञ्चालन गरिएको हो।

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सड्क खण्डमा अवस्थित अस्पताल र सशस्त्र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरूलाई कार्तिक ५ बाट दुई दिने तालिम प्रदान गरिएको थियो । तालिममा २६ जना स्वास्थ्यकर्मी सहभागी थिए । सवारी दुर्घटनामा परेकाहरूलाई तत्काल उपचार गर्ने उद्देश्यले ‘बेसिक लाइफ सपोर्ट एन्ड प्राइमरी ट्रमा केयर’ तालिम प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तालिमको समापन गरेका छन् । गृह मन्त्रालयको १ सय दिनको कार्यक्रम अन्तर्गत राष्ट्रिय सड्क सुरक्षा परिषद्को आयोजनामा एपिएफ अस्पताल र धुलिखेल अस्पतालसँगको सहकार्यमा सो तालिम सम्पन्न गरिएको सशस्त्रले जनाएको छ ।

तालिम समापन गर्दै सशस्त्र प्रहरीका आईजी राजु अर्यालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै सशस्त्र प्रहरीले जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताए ।

सशस्त्र प्रहरीले विपद्को बेलामा उद्धारमा खटिने गरी ‘स्वयंसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम’ पनि सुरु गरेको छ । भदौ १६ बाट सुरु भएको सो तालिम

Leave A Reply

Your email address will not be published.