सुचना, समाचार र मनोरन्जन

लक्ष्मीपूजाबाट युटुबमा आउने भयो प्रदीपको ‘महापुरुष’

काठमाडौं :

यहि लक्ष्मीपूजाका दिनबाट युटुबमा हिट फिल्म ‘महापुरुष’ आउने भएको छ। हलमा व्यवसायिक सफलता प्राप्त गरेको फिल्मलाई निर्माण टिमले युट्युवमार्फत रिलिज गर्न लागेको हो।

षट्कोण आर्ट्सले यो निर्माण गरेको यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जानकारी दिएको छ। यसअघि ओटीटी प्लाटफर्ममा समेत आइसकेको यो फिल्म नहेरेका दर्शकलाई युट्युवमा निःशुल्क हेर्ने सुविधा उपलब्ध हुने निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन्।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा बाबु र सन्तानको सम्बन्धको कथामा बोल्छ।

Leave A Reply

Your email address will not be published.