सुचना, समाचार र मनोरन्जन

जापानको १४ शहरमा बिक्यो फिल्म ‘ह्रस्व दीर्घ

काठमाडौं :

यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’जापानका १४ शहरमा प्रदर्शनमा आउने भएको छ। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले जापानको १४ शहरमा प्रदर्शनमा आउन लागेको जानकारी दिएकी हुन्। विटिकेएस इन्टरटेन्मेन्टले फिल्मको जापान राइट्स लिएको हो।

नीताका अनुसार जापानको टोकियो, नारिता, नागोया, फुकुओका, चिबा, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका, एबीको, फुनाबासी लगायत १४ सहरमा फिल्म प्रदर्शन हुने निश्चित भएको हो। उनले मंगलबार सामाजिक सञ्जालमार्फत शो कुराको जानकारी गराइएकी हुन्। यो फिल्मलाई जापानका लागि वितरक विमल न्यौपानेले गर्दैछन्। यो फिल्म जापानमा कहिले रिलिज हुदैछ र कतिमा बिक्री भएको भने उल्लेख गरिएको छैन।

फिल्मको स्टारकास्ट र टिजर रिलिजपछि विदेशमा माग चुलिएको देख्न सकिन्छ। नेपाली र भारतीय कलाकारको जम्बो टिम रहेको फिल्म ‘ह्रस्व दीर्घ’लाई हरेक नेपालीको चासोको विषय बनेको छ। फिल्ममा साउथका चर्चित कलाकारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, कवीर दुहान सिंह र सुनिल वर्मासहित दर्जनौ कलाकारहरु रहेका छन्।

यता नेपाली कलाकारहरुमा नीता ढुंगाना, हरिहर अधिकारी, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा लगायतको अभिनय छ। चन्द्र पन्तले निर्देशन गरेको फिल्मलाई नीता र हरिहर अधिकारीले निर्माण गरेका हुन्। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी रहेका छन्। यो फिल्म जापानपछि अन्य देशमा पनि प्रदर्शनका लागि माग भइरहेको निर्माण पक्षले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.