सुचना, समाचार र मनोरन्जन

जापानमा नेपाली खेलाडीको प्रवर्द्धनका लागि भलिबल प्रतियोगिता हुँदै

 

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने राष्ट्रिय मान्यतालाई आत्मसाथ गर्दै जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ।  ओदावारा पिरो स्पोर्ट्स क्लब द्वारा ओदावारा क्षेत्रमा पहिलोपटक प्रतियोगिता हुने भएको हो।

प्रतियोगिता आगामी डिसेम्बर १६ तारिकका दिन ओदावारा एरिना स्पोर्टस कम्पलेक्समा खेल हुने संयोजक मनोज केसीले जानकारी दिए।

उनले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन, खेलाडी र खेलको विकासमा टेवा पुराउने उद्देश्य लिएर प्रतियोगिता संचालन गर्न लागेको बताए।

क्लबको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न क्लबको स्थापना गरेको उनले बताए।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ५५हजार ५५५ येन नगद, कप, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख ५५ हजार ५५५ येन नगद, कप, मेडल र प्रमाण-पत्र तथा खानाको समेत व्यस्थापन रहेको आर्थिक संयोजक निराजन मल्लले बताए। यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सेटेर र बेष्ट डिफेण्डरलाई सम्मान पत्रद्वारा सम्मान गरिनेछ।

उनले प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताए।

खेल बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४५ हजार येन तोकिएको छ। नेपाल देखि आमन्त्रित खेलाडीको रुपमा बढीमा दुई जनासम्मको सहभागिता हुन पाउनेछन्। खेल प्रतियोगिताको टाइसीट डिसेम्बर १५ तारिक ५ बजे सार्वजनिक गरिने व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएका प्रमोद लोहनीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.