सुचना, समाचार र मनोरन्जन

मौलिक नेपाली शो ‘सिङ्गिङ स्टार’ आजदेखि प्रशारण हुँदै

काठमाडौँ :
गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आजदेखि सुरू हुँदैछ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतीमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आजदेखि प्रत्येक शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ।

नेपालकै मौलिकतालाई प्रवद्र्धन गर्ने उदेश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन्। सङ्गीतकार पोखरेलले यस प्रतियोगिताले सहभागी अन्तिम १४ मध्ये गायन क्षमता भएकाले अवसर दिने जानकारी दिए।

उनले भने,‘रियालिटी शोमा गायन क्षमता भएता पनि भोटिङका कारण प्रतियोगी बाहिरिनु पर्ने हुन्छ। तर, अन्तिम १४ मा रहेका प्रतियोगीको गायन क्षमता हेरेर भोटिङका कारण प्रतियोगिताबाट बाहिरिए पनि हामी गीत निकाल्ने अवसरको सिर्जना गर्नेछौँ । यसकारण पनि अन्य भन्दा यो प्रतियोगिता फरक छ।’

Chaka Panja

सङ्गीतकार पोखरेलले यस्ता मंचले नयाँ प्रतिभालाई अवसर सिर्जना गर्नेमा जोड दिए । कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी र निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुङ्गाना, र नभराज चौलागाईं छन् । कार्यक्रमको सञ्चालन नम्रता श्रेष्ठ र विशाल पोखरेलले गर्नेछन् ।

‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली सङगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायक र गायिका खोज्ने रहेको निर्देशक भण्डारीले बताए । उनले भने,‘यो कार्यक्रमले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ।’

नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको शो ‘सिङ्गिङ स्टार नेपाल’ कार्यक्रमको बजार व्यवस्थापन तपस्या क्रिएसन ले गरेको छ ।

Leave A Reply

Your email address will not be published.