सुचना, समाचार र मनोरन्जन

पोखरा पुगेर प्रचण्डले २०८४ को चुनावमा गठबन्धन गर्न कांग्रेस र एमालेलाई चुनाैती दिए

काठमाडौं/

पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दललाई २०८४ को चुनावमा समेत गठबन्धन गर्न चुनौती दिनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभयो ।

आजै तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीको शहीद पार्कमा बिहान भएको भेटघाट कार्यक्रममा प्रचण्डले शहीद, बेपत्ता र घाइतेका परिवारको उचित मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले शहीदकै योगदानका कारण देशमा परिवर्तनको अवस्था सिर्जना भएको भन्दै योगदानलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.