काठमाडौं :
गायिका अस्मिता अधिकारी र महेश काफ्लेले लगनगाँठो कसेका छन्। उनीहरुले बिहिबार राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोहमा विवाह बन्धनमा बाँधिएका हुन्।
विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट संगीतकर्मीहरुको उपस्थितीरहेको थियो। विवाहमा पुग्नेहरूले उनीहरूलाई बधाई तथा शुभकामना दिदै फर्किएका देखिन्थेँ। यो जोडीले गत असारमा दुबईमा इन्गेजेमन्ट गरेका थिए।