काठमाडौं :
बलिउड अभिनेता सलमान खानको एक तस्विर सार्वजनिक भएको छ। सार्वजनिक फोटोमा उनका दाह्री जुँगा फुलेको देखिन्छ। जुन तस्विर यतिबेला भाइरल भइरहेको छ। सलमानले सेतो र नीलो टिसर्टसँग कालो छालाको ज्याकेट र मिल्दो टोपी लगाएका छन्। जहाँ उनी निकै पाका देखिन्छन्।
कसरी खिचियो त उनको रियल तस्बिर भन्ने सवालमा उनले अभिनय गरेको पछिल्लो फिल्म ‘सिकन्दर’को अन्तिम दृश्यको छायांकनपछिको हो। उनको यो तस्विर बाहिरिएपछि अधिकांशले ‘हाम्रो बाघ बुढो हुँदैछ’भन्नै प्रतिक्रिया दिएका छन्। कसैले सलमानलाई ‘सलमान खान हजुरबुबा भएछन्’भन्ने खाल्लाका कुराहरु प्रतिक्रिया दिएका छन्।
https://www.instagram.com/p/DHPhpcCv85l/?utm_source=ig_embed&utm_campaign=loading&img_index=6