काठमाडौँ :
इन्दिरा जोशीको स्वरमा रहेको डान्स नम्बर तथा बोल्ड आइटम गीत ‘सेन्सेशन्’ सार्वजनिक भएको छ। ‘ट्रिपल ए प्रोडक्सन हाउस’ को आधिकारिक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
मनोज खड्काको शब्द रचना रहेको यस गीतमा गायिका जोशीलाई चर्चित गायक रामकृष्ण ढकालले गायनमा साथ दिएका छन्। गीतमा कल्याण सिंहले सङ्गीत भरेका छन् भने गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन्। गीतको अडियो मिक्सिङ तथा मास्टरिङ महेश्वर राजभण्डारीले गरेका हुन् ।
म्युजिक भिडियोमा चर्चित डान्सरद्वय आश्मा विश्वकर्मा र रोशन विश्वकर्माको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन रोशन विश्वकर्मा स्वयम्ले गरेका हुन् भने कोरियोग्राफी सुनिता पोखरेलले गरेकी हुन्। यस म्युजिक भिडियोलाई उत्सव दाहाल र उनको टोलीले छायाङ्कन गरेका हुन् भने सम्पादन तथा रङ्ग संयोजन डिन्सन शाहले गरेका छन्।
यसैगरी, भिडियोमा दिपेन गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर, आशा गौतम कस्ट्युम डिजाइनर र सुभाष तिमल्सिना मेकअप आर्टिस्टको रूपमा रहेका छन् भने स्टिल फोटोग्राफी राजीव श्रेष्ठले गरेका हुन्। नेपाली सङ्गीत पारखीहरूका लागि यो गीत रोजाईमा पर्ने गायिका जोशीले बताईन्।