सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भोलि औपचारिक घोषणा

काठमाडौँ,

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे सरकारले भोलि औपचारिक घोषणा गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमणको मिति र कार्यतालिकाबारे जानकारी गराउने तयारी गरेको छ । त्यसअघि आजै मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति लगायतका विषयमा निर्णय गर्ने सम्भावना छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री बालेनको भारत भ्रमण मंसिर ६ गतेदेखि दुई दिनका लागि हुने तयारी छ । प्रस्तावित कार्यतालिकाअनुसार प्रधानमन्त्री मंसिर ६ गते भारत जाने र ७ गते स्वदेश फर्किनेछन् । यद्यपि, यसबारे सरकारले औपचारिक निर्णय गरिसकेको छैन ।

भ्रमणको कार्यतालिका छोटो बनाउने तयारी छ । भारतका राष्ट्रपतिसँग भेटवार्तापछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै (वान टु वान) छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

Pach Pandav

त्यसपछि भारतीय उद्योगपतिहरूसँग छलफल तथा भेटघाटको कार्यक्रम राखिएको छ । जनकपुर–अयोध्या रेलसेवा, नेपाल प्रहरी एकेडेमी र एकीकृत जाँच चौकीको उद्घाटन कार्यक्रम सोमबारका लागि प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा आवश्यक व्यक्तिलाई मात्र सहभागी गराउने तयारी छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्यालयले छलफलमा आवश्यक पर्ने व्यक्तिलाई मात्र भ्रमण टोलीमा समावेश गर्न निर्देशन दिएको छ । टोलीमा सहभागी हुने व्यक्तिको नामबारे अझै छलफल भइरहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री बालेनसँग अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुनेछन् । सरकारी तथा निजी क्षेत्रका गरी करिब २४ जनाको भ्रमण टोली बनाउने तयारी छ ।

छोटो भ्रमणका क्रममा प्रधानमन्त्री बालेनलाई दिल्लीबाहिर पनि लैजाने प्रस्ताव गरिएको थियो । तर प्रधानमन्त्री कार्यालयले उक्त प्रस्ताव स्वीकार नगरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री दिल्लीबाहिर नजाने गरी भ्रमणको तयारी भइरहेको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री मोदीसँग छलफल सकेर प्रधानमन्त्री बालेन सोही दिन नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.