सुचना, समाचार र मनोरन्जन

भोली मण्डला नाटकघरमा गुञ्जिदै राज सिग्देल

काठमाडौं :

गजल गायनमा चर्चामा रहेका गायक राज सिग्देलको एकल गजल गायन आयोजना हुने भएको छ। शनिबार (चैत १६ गते) नयाँ बाँनेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा उनको एकलम गायन हुने भएको हो।बिम्ब आर्टसको प्रस्तुतिमा रहेको एकल गजल गायन दिउँसो ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

आयोजक बिम्ब आर्टस्को टिमका अनुसार कार्यक्रममा सिग्देलका अलवा चण्डिप्रसाद काफ्ले, सुरेश गैरे, केशव पौडेल, एलिया सुनुवार, राज सागर र दिनेश गौतमको पनि उपस्थिति रहनेछ। गायक सिग्देलले १३ बर्षपछि एकल गजल गायनमा फर्कन लागेका हुन्। आयोजित बिम्ब उत्सवमा सिग्देलले एकल गजल प्रस्तुत गर्नेछन्।

Leave A Reply

Your email address will not be published.