सुचना, समाचार र मनोरन्जन

सप्तकोशीमा मामा भाञ्जा बेपत्ता

 

काठमाडौं : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

 

खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य आज बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदिमा डुबेर बेपत्ता भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

 

घटना पछि उनीहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको हो ।

Leave A Reply

Your email address will not be published.