काठमाडौं :
नेपाली मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनसँगै गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टा तथा कलाकारलाई सम्मान गर्ने उद्देश्यले आयोजित तेस्रो क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। ‘मौलिक कला, संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा गीत–सङ्गीत, पत्रकारिता, कला, व्यवसाय तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गीतकार, सङ्गीतकार, मोडल तथा म्युजिक भिडियो निर्देशक बिजेन्द्र नौवागेको संयोजनमा सम्पन्न कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
समारोहमा वरिष्ठ लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरा ‘रजत सम्मान’, वरिष्ठ पत्रकार शंकर रोक्का ‘वर्ष पत्रकार सम्मान’, रमेश श्रेष्ठ ‘दशक सम्मान’, हुम गैरे ‘बहुप्रतिभा सम्मान’, सुवास कुँवर ‘युवा व्यवसायी सम्मान’, लिला खनाल ‘समाजसेवी सम्मान’, बिमला सुनार ‘गायिका सम्मान’, बाल गायिका मन्जली तामाङ ‘बाल गायिका सम्मान’ तथा सञ्चारकर्मी विनोद नेपाली ‘मिडियाकर्मी सम्मान’बाट सम्मानित भए। त्यसैगरी गीत, सङ्गीत, शब्द, लय, गायन, अभिनय तथा भिडियो निर्माणका विभिन्न विधामा उत्कृष्ट ठहरिएका स्रष्टा र कलाकारलाई अवार्ड प्रदान गरिएको थियो।
‘म झुक्न दिन्न मेरो देशको झण्डा’ गीतका लागि मिडियाकर्मी तथा गीतकार डी।बी। पराजुलीले सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड प्राप्त गरे। दीपक बी।सी।ले ‘कालीगङ्गा’ गीतका लागि सर्वोत्कृष्ट साउण्ड रेकर्डिस्टको अवार्ड प्राप्त गरे। त्यस्तै, ‘रुनुको अर्थ’ गीतका निर्देशकलाई सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड प्रदान गरिएको थियो। अन्य विधामा देवी खवास, सुदीप परियार, अस्मिता रनपाल, संगम मगर, बिरेन्द्र नौभाग्य, जूना सुन्दास, देवेन्द्र सारु मगर, राहुल श्रेष्ठ, उषा गजुरेल, कान्छा सारु मगर, विजय गौतम, गोविन्दबहादुर प्रधान, शान्तिश्री परियार, विष्णु परियार, अमृत आचार्य, एनिस एन्जल राई तथा प्रकाश दर्नाललगायतका स्रष्टा सम्मानित भए।
आयोजकका अनुसार अवार्डको छनोट प्रक्रियामा ५० प्रतिशत जनमत ९भोटिङ० र ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइएको थियो। अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक बालकृष्ण बस्नेतको मुख्य निर्णायकत्वमा गीतकार भीष्मराज फुलारा, सङ्गीतकार मङ्गल बी।के।, एरेन्जर सुनिल परियार र गीतकार साधना शाह निर्णायक रहेका थिए। कार्यक्रममा वरिष्ठ कलाकार यादव बैरागी, लोकसम्राट राजु परियार, वरिष्ठ गायक देवीप्रसाद अर्याल, गायक रूपक डोटेल, चलचित्र निर्देशक मिलन आले, कलाकार तथा निर्देशक दिपेन्द्र तिमल्सेना, वरिष्ठ पत्रकार सानु श्रेष्ठ, अधिवक्ता प्रनिल प्रधानलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

काठमाडौं। नेपाली मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनसँगै गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टा तथा कलाकारलाई सम्मान गर्ने उद्देश्यले आयोजित तेस्रो क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। ‘मौलिक कला, संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा गीत–सङ्गीत, पत्रकारिता, कला, व्यवसाय तथा समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गीतकार, सङ्गीतकार, मोडल तथा म्युजिक भिडियो निर्देशक बिजेन्द्र नौवागेको संयोजनमा सम्पन्न कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
समारोहमा वरिष्ठ लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरा ‘रजत सम्मान’,वरिष्ठ पत्रकार शंकर रोक्का ‘वर्ष पत्रकार सम्मान’, रमेश श्रेष्ठ ‘दशक सम्मान’, हुम गैरे ‘बहुप्रतिभा सम्मान’, सुवास कुँवर ‘युवा व्यवसायी सम्मान’, लिला खनाल ‘समाजसेवी सम्मान’, बिमला सुनार ‘गायिका सम्मान’, बाल गायिका मन्जली तामाङ ‘बाल गायिका सम्मान’ तथा सञ्चारकर्मी विनोद नेपाली ‘मिडियाकर्मी सम्मान’बाट सम्मानित भए। त्यसैगरी गीत, सङ्गीत, शब्द, लय, गायन, अभिनय तथा भिडियो निर्माणका विभिन्न विधामा उत्कृष्ट ठहरिएका स्रष्टा र कलाकारलाई अवार्ड प्रदान गरिएको थियो।
‘म झुक्न दिन्न मेरो देशको झण्डा’ गीतका लागि मिडियाकर्मी तथा गीतकार डी।बी। पराजुलीले सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड प्राप्त गरे। दीपक बी।सी।ले ‘कालीगङ्गा’ गीतका लागि सर्वोत्कृष्ट साउण्ड रेकर्डिस्टको अवार्ड प्राप्त गरे। त्यस्तै, ‘रुनुको अर्थ’ गीतका निर्देशकलाई सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड प्रदान गरिएको थियो। अन्य विधामा देवी खवास, सुदीप परियार, अस्मिता रनपाल, संगम मगर, बिरेन्द्र नौभाग्य, जूना सुन्दास, देवेन्द्र सारु मगर, राहुल श्रेष्ठ, उषा गजुरेल, कान्छा सारु मगर, विजय गौतम, गोविन्दबहादुर प्रधान, शान्तिश्री परियार, विष्णु परियार, अमृत आचार्य, एनिस एन्जल राई तथा प्रकाश दर्नाललगायतका स्रष्टा सम्मानित भए।
आयोजकका अनुसार अवार्डको छनोट प्रक्रियामा ५० प्रतिशत जनमत भोटिङ र ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइएको थियो। अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक बालकृष्ण बस्नेतको मुख्य निर्णायकत्वमा गीतकार भीष्मराज फुलारा, सङ्गीतकार मङ्गल बीके।, एरेन्जर सुनिल परियार र गीतकार साधना शाह निर्णायक रहेका थिए। कार्यक्रममा वरिष्ठ कलाकार यादव बैरागी, लोकसम्राट राजु परियार, वरिष्ठ गायक देवीप्रसाद अर्याल, गायक रूपक डोटेल, चलचित्र निर्देशक मिलन आले, कलाकार तथा निर्देशक दिपेन्द्र तिमल्सेना, वरिष्ठ पत्रकार सानु श्रेष्ठ, अधिवक्ता प्रनिल प्रधानलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन दिपेन्द्र शाही ठकुरीले गरेका थिए। सोसल मिडिया एण्ड लिगल सर्भिस प्रा।लि।ले व्यवस्थापन गरेको समारोहमा ईसेवा भोटिङ पार्टनरका रूपमा रहेको थियो।बिरुवा गाउँपालिका, फेदिखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बिरुवा गाउँपालिका वडा नं। ६, त्रिवेणी एचआर सोलुसन प्रा।लि। र लुलु इन्टरनेसनल प्रा।लि।को प्रायोजन रहेको कार्यक्रममा विभिन्न सञ्चारमाध्यमले मिडिया सहयोग गरेका थिए। अवार्ड वितरणसँगै कलाकारहरूका साङ्गीतिक प्रस्तुतिले समारोहलाई थप मनोरञ्जनात्मक बनाएको थियो। आयोजकले यस्ता कार्यक्रमले नेपाली मौलिक गीत–सङ्गीतको पहिचान स्थापित गर्न र स्रष्टाहरूलाई सिर्जनात्मक यात्रामा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको सञ्चालन दिपेन्द्र शाही ठकुरीले गरेका थिए।
सोसल मिडिया एण्ड लिगल सर्भिस प्रा।लि।ले व्यवस्थापन गरेको समारोहमा ईसेवा भोटिङ पार्टनरका रूपमा रहेको थियो।बिरुवा गाउँपालिका, फेदिखोला गाउँपालिका, धुलिखेल नगरपालिका, बिरुवा गाउँपालिका वडा नं। ६, त्रिवेणी एचआर सोलुसन प्रा।लि। र लुलु इन्टरनेसनल प्रा।लि।को प्रायोजन रहेको कार्यक्रममा विभिन्न सञ्चारमाध्यमले मिडिया सहयोग गरेका थिए। अवार्ड वितरणसँगै कलाकारहरूका साङ्गीतिक प्रस्तुतिले समारोहलाई थप मनोरञ्जनात्मक बनाएको थियो। आयोजकले यस्ता कार्यक्रमले नेपाली मौलिक गीत–सङ्गीतको पहिचान स्थापित गर्न र स्रष्टाहरूलाई सिर्जनात्मक यात्रामा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।