सुचना, समाचार र मनोरन्जन

नेपाल हक्की संघले पुरुष तथा महिला हक्की प्रतियोगिता आयोजना गर्ने

पोखरा/

यही बैशाख १७ गते देखि बैशाख २६ गतेसम्म “राष्ट्रिय पुरुष हक्की प्रतियोगिता” र बैशाख १८ गते देखि बैशाख २६ गतेसम्म “राष्ट्रिय महिला हक्की प्रतियोगिता”आयोजना हुने भएको छ ।

नेपाल हक्की संघको वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको  आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

ललितपुरको च्यासल फुटबल मैदानमा हुने “राष्ट्रिय पुरुष हक्की प्रतियोगिता” मा ८ तथा “राष्ट्रिय महिला हक्की प्रतियोगिता” मा ४ टिमले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी हुने छन् । एपीएफ हक्कीमा नयाँ टिम पनि हो । पुरुषमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

महिलामा सहभागी हुने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब रु. ३५ लाख खर्च हुने अनुमान गरेका छौं भने राष्ट्रिय महिला हक्की प्रतियोगिता सञ्चालन गर्न करिब रु. २५ लाख खर्च हुने अनुमान छ ।

साथै हालको कार्यकालमा वार्षिक क्यालेन्डर नै तयार गरी कार्यक्रमहरु सञ्चालन गरिरहेको आयोजक नेपाल हक्की संघले जनाएको छ । हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा संघले पूर्वाधार निर्माणका लागि धुलिखेलमामा जग्गा समेत प्राप्त गरि पूर्वाधारको डिपीआर समेत तयार भइसकेको जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.