पोखरा/
नयाँबानेश्वरमा जारी शिक्षक आन्दोलनको समाचार संकलनका क्रममा घाइते भएकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति सञ्चारिका समूह नेपालको ध्यानाकर्षण संगै दुख व्यक्त गरेको छ ।
शिक्षकहरूको आन्दोलनमा प्रत्यक्ष रिपोर्टिङ गरिरहेकी पत्रकार कार्कीमाथि सुरक्षाकर्मीले हानेको पानीको फोहोराले उनको आँखामा चोट लागेको छ । हाल उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
पेशागत कर्ममा खटिएकी पत्रकार महिलामाथि भएको यो आक्रमण निन्दनीय मात्र होइन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र महिला मानव अधिकारका दृष्टिले समेत अत्यन्तै गम्भीर विषय हो । यो घटनाले पत्रकारहरूलाई फिल्डमा निडर र सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्नेमा सञ्चारिका समूह नेपाल बिश्वाश राख्दछ ।
सञ्चारिका समूह नेपाल घटनाप्रति गहिरो खेद प्रकट गर्दै घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, घाइतेको उपचार क्षतीपुर्ती र सुरक्षाको माग राख्दै आगामी दिनमा सबै पत्रकार निर्धक्क भएर फील्डमा काम गर्न पाउने वातावरण बनाउन सरकार समक्ष माग गर्दछ, बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
