काठमाडौं/
सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । त्यसमा धेरै कुराहरू समेटिएका छन् । जुन राष्ट्रिय आवश्यकता हुन्,’ उनले भने, ‘हामीले पनि चाहेका कुरा भएकाले समर्थन गर्ने । रचनात्मक र सकारात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने र समर्थन गर्ने निर्णय भएको छ ।’