सुचना, समाचार र मनोरन्जन

हुम्लाको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

हुम्ला,

सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । सिमकोटका आठ वटै वडा पूर्ण खोप सुनिश्चित भएका र त्यसको गाउँपालिका स्तरबाट अनुगमनपछि निर्धारित उमेर समुहका बालबालिका कोही पनि खोप लगाउन छुटेको नभेटिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।

घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका आठ वटै वडामा पाँच सय ५५ जना रहेका छन् । पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा आठ वटै वडाका स्वास्थ्यकर्मी र चार जना पत्रकारलाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.