सुचना, समाचार र मनोरन्जन

बाबुरामको प्रश्न – आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?

 

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन्।

 

बुधवार काठमाडौंमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।   उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गरे।

 

उनले नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्व र गरिमा बुझाउनुपर्ने धारणा राखे। उनले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्ने विश्वास व्यक्त गरे।

 

उनले युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने जिकिर गरे। उनले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताए।

 

उनले सङ्घीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण पाटो रहेको समेत जिकिर गरे।

Leave A Reply

Your email address will not be published.