सुचना, समाचार र मनोरन्जन

अझै ३ दिन पानी पर्ने सम्भावना

काठमाडौँ,

आज पनि देशका धेरै ठाउँमा बदलीसहित वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि विभिन्न ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।

दार्चुलाको गोकुलेश्वरमा एक घण्टामै २६ मिलिमिटरभन्दा धेरै पानी परेको छ । गण्डकीको मनाङ, मुस्ताङसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागभन्दा बाहेक देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान माहाशाखाका अनुसार अझै तीन दिन वर्षाको सम्भावना छ । अहिले पनि देशका धेरैजसो ठाउँमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको माहाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो। आज राति पनि देशका विभिन्न भागमा पानी पर्ने उहाँले बताउनुभयो ।

देशका केही ठाउँमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।

यस बेला मनसुनकै जसरी नियमित पानी परिरहेकोले निर्माण व्यवसायीका लागि चुनौतीपूर्ण हुने विज्ञहरू बताउँछन् । यस बेला भीरपाखामा डोजरले बाटो खन्नेलगायतका काम तीव्र छ । त्यस्तो काममा सावधानी अपनाउनुपर्ने जलवायुविज्ञ डा. ङमिन्द्र दाहालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.