सुचना, समाचार र मनोरन्जन

नारायणघाट–बुटवल सडक दाउन्ने बाहेक खण्डमा एकतर्फी कालोपत्र

काठमाडौँ,

महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने खण्डबाहेक सडकमा एकतर्फी कालोपत्र भएको छ ।

योसँगै अब यो सडक खण्डको ९३.९४ किलोमिटर क्षेत्रमा पक्की सडकमा यात्रा गर्न सकिने भएको छ । कुल ११३.५३ किलोमिटर सडकमध्ये ३.०७ किलोमिटर सडक पुलले ओगटेको छ ।

९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र सम्पन्न भएको छ । पुल र कालोपत्र गरी ९३.९४ किलोमिटर पक्की सडकमा यात्रा गर्न सम्भव भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार यो खण्डको अब ८३ प्रतिशत सडकमा कालोपत्र यात्रा गर्न सकिने भएको छ । बाँकी खण्ड दाउन्ने क्षेत्रको हो । दाउन्नेमा अहिले कल्भर्ट निर्माणको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

कतिपय स्थानमा ढलान सडक निर्माणको काम समेत समानान्तर अगाडि बढेको आयोजनाको भनाइ छ । अहिले यो सडकको भौतिक प्रगति ६६.५० प्रतिशत छ ।

Leave A Reply

Your email address will not be published.