काठमाडौं :
नेपालमा कोरोना महामारीपछि निकै फिल्महरु बन्द हुन पुगे। काठमाडौको मुटुमै रहेको कुमारी हल पनि बन्द हुन पुग्यो। दर्जनौ हल बन्द भएको लामो समयको अन्तरालमा नुवाकोटमा भने बन्द भएको हल पुन खुलेको छ।
विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन भएको हो। विभिन्न कारणले बन्द भएका यो हललाई मर्मत गरी पुनः सञ्चालनमा आएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन गरेका छन्। बोर्डका अध्यक्ष डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यो हलमा २४० सीट क्षमताको हो।
बन्द भएको यो हललाई स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी र पासाङ लामा गोपालको संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको हो। यस कार्यक्रममा विशेष अतिथिको रूपमा विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ लगायत चलचित्रकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
बोर्डको अध्यक्षमा डिसी आएपछि रियल बक्स अफिसदेखि थुप्रै कुराहरुमा सुधार आइरहेका छन्। उनको पहलमा रियल बक्स अफिस लागु गर्नेदेखि फिल्म स्टुडियोको समेत काम धमाधम भइरहेको छ। उनी आफै पनि चलचित्रकर्मी तथा सञ्चारकर्मी हुन्।