सुचना, समाचार र मनोरन्जन

पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह

काठमाडौँ,

प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ुयमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौँ। घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने र ‘काकेन दधि भक्षितम्’ भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने कामना गर्ने प्रचलन छ। आधुनिक सञ्चार नभएको प्राचीन कालमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो।

Pach Pandav

उनले थप लेखेका छन्– यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्परा पनि छ। हाम्रो संस्कृतिले यमराजलाई डरको रूपमा मात्रै होइन, न्यायको प्रतीकका रूपमा पनि बुझाएको छ। यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास गरिन्छ।

आजै परेको धन्वन्तरी जयन्तीका अवसरमा समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट भएका आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सम्पूर्णमा निरोगी जीवनको शुभकामना व्यक्त गरेका छन् ।

ुभोलि पर्ने कुकुर तिहारका अवसरमा, मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरलाई मीठा परिकार खुवाएर पूजा गरिन्छ। घरको रखवारी गर्नेदेखि विभिन्न अनुसन्धान र उद्धार कार्यमा समेत मानिसलाई साथ दिने कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने यो दिनले हाम्रा अन्य जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाओस्। सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले हामीलाई दिओसु उनले सन्देशमा भनेका छन् ।

Leave A Reply

Your email address will not be published.