सुचना, समाचार र मनोरन्जन

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस

काठमाडौँ,

काठमाडौँको टुँडिखेलमा गणतन्त्र मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भइरहेको छ ।

उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोक सिग्देल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, सरकारका मन्त्रीहरू, सांसदहरू, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कला कौशल प्रस्तुत गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.