सुचना, समाचार र मनोरन्जन

प्रदुषण कम गर्न काठमाडौँ उपत्यकाका उद्योगलाई बाहिर सारिने

काठमाडौँ,

सरकारले काठमाडौँ प्रदूषण न्यूनीकरण गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने भएको छ ।

संङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवम्अ र्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन । उनले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताए ।

उहाँका अनुसार स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

Leave A Reply

Your email address will not be published.