सुचना, समाचार र मनोरन्जन

जेठ २७ गतेदेखि पोखरामा ‘प्रचण्ड कप’ महिला भलिबल प्रतियोगिता

पोखरा,

जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरा रंगशालामा प्रचण्ड कप महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेसनल स्पोट्र्स एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र नेपाल भलिबल संघको सहयोगमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्धघाटन पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेका थिए । सो घोषणालाई थप सार्थक रुप दिन पनि यसपल्ट पर्यटकीय राजधानी तथा खेलकुदको उद्गम भुमी पोखरामा भलिबल प्रतियोगिता आयोजना गरिएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोईरालाले बताए । इतिहासदेखि हालसम्मको कालखण्डमा माओवादी पार्टी महिलाहरुको सर्वपक्षीय विकासमा अग्रणी भुमिकामा रहेको स्मरण गराउदै कोइरालाले सिमित आर्थिक अवस्थाका कारण एक खेलमात्र आयोजना गर्नुपर्ने अवस्थामा आफुहरुले महिला भलिबल आयोजना गर्ने निणर्य गरेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय स्तरका ६ टिम तथा क्लवहरु नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोटर्स क्लव र एभरेष्ट भलिबल क्लव सहभागी हुने आयोजकले जनाएको छ । खेललाई राउण्ड रोबिन लिगका आधारमा तथा नेपाल भलिबल संघ र एनभाइभिवीको नियमअनुसार खेलाइनेछ । भलिबल खेलको विजेता टिमले नगद रु ६ लाख पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टिमले ३ लाख, तेस्रो हुने टिमले नगद रु १ लाख प्राप्त गर्नेछन भने सर्वोत्कृष्ट खेलाडीले नगद रु ३० हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीहरुले जनही २० हजार पुरस्कार प्राप्त गर्नेछन । भलिवल खेलमा सहभागी हुने खेलाडीहरुलाई खाना तथा बस्नको व्यवस्था आयोजकले गर्नेछ ।

 

Leave A Reply

Your email address will not be published.