काठमाडौं :
यतिबेला अभिनेत्री आफ्नै लागनीमा निर्माण भइरहेको फिल्म ‘द ब्ल्यू लाइट’को छायांकनमा व्यस्त छिन्। गत वर्ष ‘सिटामोल’, ‘कल्ली’, ‘मोहर’ र ‘एक्लो’ गरी चारवटा र यसै वर्ष ‘बिगुल’को छायांकन सकाएपछि आफ्नै फिल्मको काममा व्यस्त भएकी हुन्। तर उनलाई आफ्नै लगानीमा निर्माण भरहेको फिल्म भन्दा पनि बढि तनाव फिल्म ‘मोहर’ र ‘सिटामोल’को जुधाईमा परेको छ।
आगामी साउन २३ गते यि दुवै फिल्म जुध्ने तयारीमा छन्। पहिलो बेनिशाले अभिनय गरेका फिल्म एकै पटक भिड्न लागेको यो पहिलो पटक हो। त्यसैले उनी तनावमा परेकी हुन्।
सोमबार दुई फिल्ममध्ये एक ‘सिटामोल’को गीत रिलिज कार्यक्रममा बिग मुभिजको हलमा पुगेकी बेनिशाले दुई फिल्मको भिडन्तबारे प्रश्न बारेमा सामाना गर्नु परेको थियो। उनले यस प्रश्नमा जवाफमा आफुले फिल्म नजुधाउन आफू दुवै पक्षलाई भनेका तर सम्भव हुन नसकेको बताइन्। उनले यसमा आफ्नो हात नहुने रहेको कुरामा तर्क गरिन्।
उनले पत्रकारको प्रश्नको जवाफमा भनिन्,‘दुईटा फिल्म नजुधेको भए हुन्थ्यो भन्ने त लागेको हो । मैले दुवै फिल्मका मेकरसँग कुरा पनि गरेको हुँ । उहाँहरुको पनि आफ्नै कुरा हुन्छ । रिलिज कहिले गर्ने भन्ने कुरा कलाकारको हातमा पनि हुँदैन,’ उनले भनिन्, ‘दुवै फिल्ममा मैले केही देखेरै काम गरेको हुँ । प्रचारमा समय दिने कुरामा चाहिँ सकेसम्म प्रयास गर्नेछु । तर, पर्याप्त समय दुवै फिल्मलाई दिन नसकिएला कि भन्ने डर छ ।’
फिल्म ‘सिटामोल’लाई राज बहादुर सानेको लेखन तथा निर्देशन गरेका हुन् भने ‘मोहर’ओम प्रतिकको हो।