सुचना, समाचार र मनोरन्जन
Pdms

पोखरामा पहिलो पटक लिङ्ग भैरवी देवी दर्शनका लागि खुल्ला गरिने

पोखरा,

असार १४ गते , शनिवार साँझ ६ बजेदेखि ८ बजेसम्म नेवा छे भवन  भीमसेनटोल, पोखरामा हुन लागेको देवी दर्शन सबैका लागि खुलागरिने भएको  छ। देवीको कृपा अनुभव गर्न र उनको आशीर्वाद प्राप्त गर्नका लागि यो एक अनुपम अवसर हो। यस कार्यक्रममा भक्तालुहरूले देवी आरती र देवी अभिषेकमा भाग लिने अवसर पाउनेछन्। देवी अभिषेक सद्‌गुरुद्वारा रचना गरिएको एक प्रक्रिया हो, जसमा देवीको कृपा पाउनको लागि कृतज्ञताको भावसँग ११ वटा अर्पणहरू चढाइन्छ। यो प्रक्रिया देवी मन्दिरमा हरेक दिन, तीन पटक गरिन्छ। यस रातलाई अझ विशेष बनाउन, साउन्ड्स अफ ईशाले आफ्ना विशेष गीत र संगीत प्रस्तुत गर्नेछन्। साथै, उपस्थित भक्तालुहरुलाई प्रसाद अर्पण गरिनेछ ।

लिङ्ग भैरवी परम स्त्री-प्रकृतिको एक उल्लासपूर्ण अभिव्यक्ति हुनुहुन्छ। उनलाइ करुणामयी र शक्तिशाली मानिन्छ भने। उनका ऊर्जाहरू शारीरिक, भौतिक र आध्यात्मिक खुसियालीको लागि सहायक छन्। देवीले धेरै मानिसहरूको जीवनमा सद्भाव, शान्ति र आनन्द ल्याएको बिस्वास गरिन्छ । एक साधकको लागि, उनलाई भौतिकबाट पर जनाको लागि एक द्वार पनि मानिन्छ । पहिलो पटक पोखरामा लिङ्ग भैरवी देवी दर्शन आयोजन हुँदैछ।

लिङ्ग भैरवी देवीको प्राण-प्रतिष्ठा सन् २०१० मा सद्‌गुरुद्वारा कोयम्बतूरको ईशा योग केन्द्रमा गरिएको हो। देवीको वास्तविक प्रतिमा आठ फिट अग्लो छ, र हरेक दिन हजारौं भक्तहरू उहाँको दर्शनको लागि आउँछन्। लिङ्गको स्वरूपमा रहनुभएकी देवीको यो रूप अद्वितीय छ; लिङ्ग-स्वरूप भौतिकबाट परको प्रतीक हो ।

लिङ्ग भैरवी परम स्त्री-प्रकृति वा देवीको सबैभन्दा उच्चतम अभिव्यक्ति हुनुहुन्छ । काठमाण्डौँको बसुन्धारामा पनि सद्‌गुरुले २०७९ साल फाल्गुन २३ गते लिङ्ग भैरवी देवी मन्दिरको प्राण-प्रतिष्ठा गरेका हुन ।

Leave A Reply

Your email address will not be published.