सुचना, समाचार र मनोरन्जन

अत्यधिक गर्मी प्राकृतिक प्रकोप जत्तिकै गम्भीर हुन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी,
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना रहेको बताएको छ । यस्तो तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने राष्ट्रसङ्घको सुझाव छ ।

विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले उत्तर गोलार्द्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गरेको जानकारी दिएका छन । तर यसपटक गर्मीयामको शुरुमा नै यस्तो तीव्र तापक्रम देखिनु असाधारण अवस्था रहेको उनको भनाइ छ । उनले अत्यधिक गर्मीलाई शान्त तर घातक भन्दै यसबाट हुने मानवीय क्षति आँधी वा वर्षाजस्ता अन्य प्राकृतिक प्रकोपजत्तिकै गम्भीर हुन सक्ने चेतावनी दिए ।

पश्चिमी युरोप अहिले उच्च वायुमण्डलीय दबाबको प्रभावमा रहेको र यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई क्षेत्रमै थुनिएको अवस्था रहेको जानकारी दिँदै प्रवक्ताले यसले मानिसको दैनिक व्यवहार र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको बताएका छन ।

भू–मध्यसागर क्षेत्रमा समुद्री सतहको तापक्रम अत्यन्तै बढिरहेको र यसले जमिनमा समेत गर्मीको लहरलाई थप बल पुर्‍याइरहेको छ । शहरका पक्की संरचनाहरूले ताप सोस्ने क्षमता कम हुने र हरियालीको अभाव रहने भएकाले सहरहरूमा गर्मीको प्रभाव अझ बढी हुने छ ।

Leave A Reply

Your email address will not be published.