Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
- दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
- संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम
- प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’
- गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
- हुलाकको महत्त्व बुझाउँन गाउँगाउँमा अभियान
- पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन
- लागुऔषधसहित २० जना पक्राउ
- गण्डकीका छ हिमाल आरोही सम्मानित
- लिटिल स्टेप सेकेन्डरी स्कुलको नयाँ अत्याधुनिक विद्यालय भवन निर्माण सुरु
प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’
काठमाडौँ,
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले गणेश नेपालीको आत्मदाह प्रयासपछि निधन भएको विषयमा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन् ।
आजको बैठकमा समय लिएर सांसद महेन्द्रबहादुर शाहीले नेपालीले आत्मदाहको प्रयास गर्नुको कारण पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे । दैलेखको शान्तिगडा दुर्घटनामा परी निधन भएकाको १८ दिनपछि शव प्राप्त भएको जनाउँदै उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे ।
सांसद कलावती शर्माले भुटानी नागरिक विदेशबाट आएर पनि बास पाएकामा नेपालका सुकुमवासीले भने आफ्नै देशमा बास नपाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद साजिदा खातुन सिद्धिकीले बिहीबार त्रिपुरेश्वरमा भएको गणेश नेपालीको आत्मदाहको घटनापछि आमनागरिकमा मनोसामाजिक अवस्था खस्किएको देखाउने भन्दै यसतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिए ।
सांसद बिना गुरुङले घान्द्रुकसहित पर्यटकीयस्थलमा पर्यटकको आवागमन पूर्ण रूपमा ठप्प भएकाले पदमार्ग खोल्न माग गरिन् । सांसद जगदीश खरेलले गणेश नेपालीको आत्मदाहको घटनाको सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने विश्वास व्यक्त गरे ।
बैठकमा लक्ष्मीप्रसाद पोखरेल, गङ्गालक्ष्मी अवाल, सीता थपलियालगायत सांसदहरूले गणेश नेपाली आत्मदाह घटनाका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।