सुचना, समाचार र मनोरन्जन

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई अल्टिमेटम

काठमाडौँ,

प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्दै बैठक बोलाएको भए पनि विधेयक पारित हुन सकेन । शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग सहमति भइनसकेको भन्दै थप समय मागेपछि बैठकले विधेयक पारित गर्न नसकेको हो । पारित गर्ने चरणमा पुगेको विधेयकमा विवाद बल्झिएको छ ।

नेपाल शिक्षक महासङ्घले विधेयकका कैयौं प्रावधानमा असहमति जनाएपछि शिक्षामन्त्रीले सहमतिको प्रयास गरिरहनुभएको छ । अस्थायी, करारका शिक्षकहरूलाई स्थायी गर्न पहिलो पटक लिने परीक्षाबाट ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत नयाँमा सहमति जुटेको छ । तर विधेयकमा पछिल्लो पाँच वर्षको मूल्याङ्कनमा ९० प्रतिशत अङ्क प्राप्त गर्ने शिक्षक बढुवाका लागि योग्य हुने व्यवस्था रहेकोमा महासङ्घले त्यस्तो नम्बर ७५ मा झार्न प्रस्ताव गरेको छ ।

यस्तै द्वन्द्वमा परेर विस्थापित भएका तर अहिले पनि अध्यापन गराउन सक्षम शिक्षकहरूका लागि केही प्रावधान राख्नुपर्ने मागसमेत ब्युँतिएको छ ।

यसैबीच विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले पाँच दिनको अल्टिमेटम दिएको छ । समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन ।

सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको भन्दै आउँदा दिनहरूमा हेक्का राख्न चेतावनी दिनुभयो । शिक्षक महासङ्घसँग वार्ता भइरहेको भन्दै शिक्षामन्त्री पन्तले असार १६ गतेदेखि समय माग्दै आएका छन

Leave A Reply

Your email address will not be published.