सुचना, समाचार र मनोरन्जन
Pdms

काजीको ‘जदौ’मा मुकुनपछि नीति अनुबन्ध

काठमाडौं :

अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित् भएकी छन्। निर्माण पक्ष र नीतिबीच शनिबार सम्झौता भएको हो।

काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा यसअघिनै मुकुन भुसाल अनुबन्धित् भइसकेका छन्। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ।

बाबुल गिरीको संगीत रहेको फिल्म दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ। फिल्मको प्युठान निर्माण ब्यबस्थापक लछुमन भण्डारी छन्। सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै जानकारी दिइने बताईन्।

Leave A Reply

Your email address will not be published.