सुचना, समाचार र मनोरन्जन

बिधवा नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’ साउन १५ बाट सार्वजनिक प्रशारणमा आउने 

काठमाडौं :
पतिवियोगमा परेकी ‘विधवा’ नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थितिमा आधारित रहेर टेलिसिरियल ‘हिरा’ तयार भएको छ। राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त चलचित्र ‘बुलाकी’को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले सामाजिक कथामा रहेर सिरियल निर्माण गरेको हो।
आइतबार पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनिले टेलिसिरियलको सार्वजनिक प्रशारणबारे जानकारी गराएको हो । निर्देशक विशाल बरालका अनुसार साउन १ गते ट्रेलर सार्वजनिकसँगै साउनकै १५ गतेबाट राष्ट्रिय टेलिभिजनबाट ‘हिरा’ औपचारिक प्रशारणमा आउनेछ। सामाजिक सञ्जाल प्लेटफर्म युट्यूवमा भने निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल ‘सिएम डिजिटल’बाट प्रशारण हुने बरालले बताए।
विराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन्। विशाल पहारी,  प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन: मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी यो सिरियलमा अभिनयमा छन्।
स्व. मोती विष्टको प्रस्तुतिमा तयार ‘हिरा’लाई राजबहादुर सानेले लेखेका हुन्। छायांकनमा रक् कौसल रहँदा शीर्ष गीतमा जय देवकोटाको संगीतमा स्वर गायिका समिक्षा अधिकारीले दिएकी छिन्। सिरियलमा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याकग्राउण्ड म्युजिक ट्रेलर रहँदा पोस्टर राकेश दाहालले तयार पारेका छन् । सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ ।
Leave A Reply

Your email address will not be published.