सुचना, समाचार र मनोरन्जन

महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुद्धारा होटल स्मार्टको उद्घाटन

काठमाण्डौँ  :

काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ।  सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्धार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्धय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर ,  द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए।

Pach Pandav

 यदि तपाईहरुलाई यो होटल मन पर्यो भने पक्कै पनि तपाईहरुलाई मेरो घर पनि मन पर्नेछ किन कि यो होटल जसले बनाउनु भएको हो मेरो नयाँ घर पनि उहाँहरुले बनाउनु भएको हो। महानायक राजेश हमालले होटल उद्घाटनका कार्यक्रममा बताएका छन । हमाल गत बैशाख १ गते देखि बुढानिलकण्ठ स्थित नयाँ घरमा बस्दै आएका छन।

यसैगरी प्रकाश सुवेदीले मुख्य हाईवेमै यति धेरै सुविधा सहितको होटल निर्माण हुनु प्रसंसनीय रहेको बताए । गायक प्रमोद खेरेल सहित मेलिना राई , मिलन नेवारले द भ्वाईसको स्टूडियो नजिकै रहेका कारण लागि रिफ्रेशमेन्टका लागि यो होटल पायक पर्ने बताए।

करिब ४०  करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ।  होटललाई ३५ बर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो । उद्घाटनका क्रममा सुरेशले भनेका छन यो होटल सवै बर्गका ग्राहक लक्षित छ एकै ठाउँमा धेरै सुविधा र ग्राहक मैत्री छ ।

Leave A Reply

Your email address will not be published.