सुचना, समाचार र मनोरन्जन

तीजको रौनक ‘छड्के तिलहरी’ गीतमा,पुजन काफ्लेबाट सांगीतिक उपहार

काठमाडौं :

गायिका पुजन काफ्लेले तीजको पूर्वसन्ध्यामा नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन्। गीतमा शब्द, संगीत र स्वर तीनैमा पुजनको योगदान रहेको छ, भने आदेश गुर्मछानले संगीत संयोजन गरेका छन्।

गीतले तीजको सांस्कृतिक पक्षलाई उजागर गर्दै गहनाको सौन्दर्य र महिलाको आत्मखुसीलाई भावनात्मक रूपमा चित्रण गरेको छ। पारम्परिक शैलीमा तयार गरिएको यस गीतमा तीजको समूहगत नाचगान र उत्सवको भावनालाई समेत समेटिएको छ।

गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी केशबराज भट्टले गरेका हुन्। भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको आकर्षक नृत्य समावेश गरिएको छ। गीत डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ र तीजको अवसरमा विशेष चर्चामा आएको छ।

Leave A Reply

Your email address will not be published.