सुचना, समाचार र मनोरन्जन

गायक पशुपति शर्मा सवार कार दुर्घटना

गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ। पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो।

बुधबार दिउँसो भएको दुर्घटनामा चार जना घाइते भएका छन्। गायक शर्माको देब्रे हातमा चोट लागेको छ। कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

 

Leave A Reply

Your email address will not be published.