सुचना, समाचार र मनोरन्जन

रोयल नेपाल रोधी क्लबको प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाइने, भोलीदेखि सुरु

काठमाडौं :

नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्ट रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भदौ १८ गतेदेखि २२ गतेसम्म लाजिम्पाटमा मनाउने भएको छ।

यस पाँचदिने उत्सवमा दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य कार्यक्रम, चर्चित अतिथि कलाकारहरूको विशेष प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण र लेट–नाइट डीजे सेसन समावेश रहनेछ। राजु परियार, ज्योती मगर, पशुपती सर्मा, रोज मोक्तान, फूल कुमार बम्जन, सुनिल क्षेत्री, करिस्मा शाही, सन्चिता बलाखे लगायतको प्रस्तुती क्रार्यक्रम अवधिभर रहने छ।

Pach Pandav

समारोहको उद्घाटन संविधान सभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सदस्य तीर्थ लामाबाट हुने तय भएको छ।

गत एक वर्षको उपलब्धि र अनुभवलाई स्मरण गर्दै, रोयल नेपाल रोधी क्लबले यस वार्षिकोत्सवलाई नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगमका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ। क्लबले आगामी दिनमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रीमियम पेय पदार्थ तथा आकर्षक सांगीतिक/सांस्कृतिक प्रस्तुतिमार्फत पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

क्लबका प्रबन्ध निर्देशक सुनील छेवाङ लामाका अनुसार, रोयल नेपाल रोधी क्लबले आफूलाई केवल रेष्टुरेन्ट मात्र नभई संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य राखेको छ। यस वार्षिकोत्सवको अवसरमा क्लबले २० प्रतिशत विशेष छुट प्रदान गर्ने योजना बनाएको छ।

Leave A Reply

Your email address will not be published.