सुचना, समाचार र मनोरन्जन

‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक, दयाहाङ र रिश्माको भावनात्मक दृश्य समेटिएको

काठमाडौं :

आगामी शुक्रबार अर्थात् भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को भिडियो सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले थानेश्वर गौतम र शारदा रसाइलीको स्वर रहेको लिरिकल गीतको भिडियो रिलिज गरेको हो।

गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना अनि नारायण दंगलको एरेञ्ज छ। यो गीतको सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन्। यो गीतले फिल्मप्रती दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। यसअघि फिल्मका गीत, पोस्टर, टिजर तथा ट्रेलरले दर्शकको साथ पाएको थियो।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई,अर्पण थापा,रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ,जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ। यो फिल्म आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ।

Leave A Reply

Your email address will not be published.