सुचना, समाचार र मनोरन्जन

न्यूयोर्क फेसन विकमा प्रबल गुरुङको कलेक्सन, एलन मस्ककी छोरी भिभियनको डेब्यू

काठमाडौं :

यस वर्षको न्यूयोर्क फेसन विक मंगलबार सम्पन्न भएको छ । सन् २०२५/२६ को फेसन ट्रेन्ड निर्धारण गर्ने मानिने यस शोमा नेपालीमूलका अमेरिकी डिजाइनर प्रबल गुरुङले वसन्त–गर्मीयाम २०२६ का पहिरन प्रस्तुत गरे ।

यस संस्करणमा अर्बपति एलन मस्ककी ट्रान्सजेन्डर छोरी भिभियन विल्सनको मोडलिङ डेब्यू विशेष चर्चामा रह्यो । उनले गुरुङको स्प्रिङ–समर कलेक्सनमा सेतो बुनेको ओभरसाइज स्वेटर, म्याक्सी मरमेड स्कर्ट र पारदर्शी हिलसहितको पोशाकमा रनवे हिँडेकी थिइन् ।

विल्सनले त्यसपछि कृसबानाको शोमा समेत भाग लिएर कवच–शैलीको पोशाक प्रस्तुत गरिन् । उनका वाक्क–वाक्क पार्ने स्टाइल र प्रस्तुतीका कारण आउँदा संस्करणमा समेत निरन्तरता पाउने अनुमान गरिएको छ ।

फेसन क्षेत्रमा पहिलोपटक प्रवेश गरेकी उनले टिन भोगसँगको अन्तर्वार्तामा पिता एलन मस्कसँग सम्बन्ध नरहेको स्पष्ट पार्दै आमासँग नजिकको सम्बन्ध रहेको खुलाएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.