सुचना, समाचार र मनोरन्जन

‘सोल्टिनी’ टिजर सार्वजनिक, प्रकाश सपुत–परीक्षा लिम्बुको प्रेमकथा केन्द्रमा

काठमाडौं :

अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु अभिनीत नयाँ नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउने फिल्मको टिजरमा दुवै कलाकारबीचको प्रेम, ग्रामीण समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई मुख्यत: देखाइएको छ।

प्रकाश र परीक्षाले ग्रामीण जीवनशैलीमा आधारित प्रेमकथा मार्फत समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने पात्र अडिनेछन्। यसअघि सार्वजनिक भएका पोस्टरले पनि प्रेम, संस्कृति र गाउँको परिवेशमा केन्द्रित कथावस्तुको संकेत दिएका थिए।

अर्जुन सुवेदी निर्देशित चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरेलगायतको अभिनय छ। फिल्मलाई धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ले कार्यकारी निर्माण गरेको छ।

इलाम, कन्याम, भोजपुरलगायतका स्थानमा छायांकन गरिएको ‘सोल्टिनी’मा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्।

Leave A Reply

Your email address will not be published.