सुचना, समाचार र मनोरन्जन

युक्रेन सीमामा थुनिएका दुई नेपालीको उद्धार

काठमाडौँ,

युक्रेनको सीमामा हिरासतमा परेका दुई जना नेपालीलाई उद्धार गरी आज अपराह्न स्वदेश फर्काइँदैछ।

परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको सक्रियतामा उद्धार गरिएको हो। उद्धार कार्यमा युक्रेनको सीमा सुरक्षा सेवा, गैर–आवासीय नेपाली सङ्घ (एनआरएन) जर्मनी तथा अन्य निकाय र व्यक्तिहरूले सहयोग गरेको मन्त्रालयले जनाएको छ।

विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन तथा अन्य कानुनको पालना अनिवार्य हुने उल्लेख गर्दै मन्त्रालयले कानुन उल्लङ्घन गर्दा पक्राउ पर्नुका साथै लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने र ज्यानसम्म जोखिममा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयले विभिन्न प्रलोभन वा बहकाउमा नपरी यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ।

Leave A Reply

Your email address will not be published.