सुचना, समाचार र मनोरन्जन

पोखरा गौशालाले पञ्चदिवशीय गाई पुजा महोत्सव आयोजना गर्ने

पोखरा,

“गावो विश्वस्य मातरः” अर्थात् “गाई विश्वकै आमा हुन” भन्ने कथन सहित पोखरा गौशाला(गौ आश्रम) ले पञ्चदिवशीय गाईपुजा महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । हिन्दु धर्मअनुसार गाईलाई माता लक्ष्मीको रुपमा पुजन हुँदै आएकोमा पछिल्लो समय गाई सडकमा वेवारिसे अवस्थामा छोडिने गरेकोले तिनको संरक्षणमा सबैको चासो पुगोस भन्ने उदेश्यले आउँदो कार्तिक २ देखि ६ गते सम्म गाईपुजा महोत्सव आयोजना गर्न लागिएको हो ।

तिहारको बेला गरिने गाईपुजालाई लक्षित गर्दै आस्थावान तिर्थालुको लागि ५ दिन नै गाईपुजाको व्यवस्था मिलाइएको आयोजक पोखरा गौशाला परिवारले जानकारी दिएको छ । उक्त अवसमा ईच्छुक श्रद्धालु भक्तजनले गाईको लागि अत्यावस्यक हुने चोकर, दाना, पराल आदी सहयोग गर्नुको साथै संस्थाको साधारण,आजिवन,मानार्थ, अक्षयकोषदाता तथा संरक्षक सदस्य बन्न सकिनेछ ।

“म एउटा गाई पाल्छु” भन्ने अवधाराण सहित संचालनमा रहेको पोखरा गौशालाले विगत ८ वर्षदेखि बाटोमा छाडा छोडिएका स्थानीय प्रजातिका १ सय ११ गाईहरुको संरक्षण गर्दै आएको छ । गाई धार्मिक दृष्टिकोणबाट मात्र नभै गाईको दुधबाट विभिन्न शारिरिक तथा मानसिक समस्याको निराकरण गर्न सकिने हुनाले गाईको संरक्षण र सम्वद्र्धनमा लाग्न गौशालाले आग्रह समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.