पोखरा,
पर्यटनको राजधानी सहर, हिमशृङ्खला र तालैतालको सहर, सुनगाभा र सुनाखरीको सहरका रूपमा विश्व मानचित्रमा परिचित पोखरा पचभैया, किमबेसीका प्रतिभा रमेशप्रसाद अधिकारीले हालै विश्वभर नेपालीको शिर उचो पारेका छन् ।
१५ वर्षभन्दा लामो समयदेखि जनसंख्या अध्ययन, पोषण, जनस्वास्थ्य र मानसिक स्वास्थ्यका क्षेत्रमा अथक अनुसन्धान गर्दै आएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता अधिकारी अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटी र एल्सेभियरको सहकार्यमा तयार पारिएको विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको वार्षिक ‘ग्लोबल ¥याङ्किङ’ मा पर्न सफल भएका छन् । यो सूचीले अनुसन्धान, प्रकाशन र ‘साइटेसन’का आधारमा वैज्ञानिकहरूको विश्वव्यापी प्रभावलाई मापन गर्छ । सन् २०२५ का लागि विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा परेका ३१ जना नेपालीमध्ये अधिकारीको नाम अग्रपंक्तिमा आउनु नेपालका लागि गौरवको विषय हो ।

रमेशप्रसाद अधिकारीको यो सफलता रातारात हासिल भएको होइन । दशकौँ लामो कठोर परिश्रम, अनुसन्धानप्रतिको अटल समर्पण र ज्ञानको खोजीमा निरन्तर अग्रसर रहने उनको स्वभावले नै उनलाई यो उचाइमा पु¥याएको हो । उनले राष्ट्रिय स्तरका विभिन्न ठूला सर्वेक्षणहरूको गहिरो विश्लेषणमार्फत वैज्ञानिक प्रमाण उत्पादनमा महत्वपूर्ण योगदान गरेका छन्
मातृशिशु पोषण, किशोरावस्था, मानसिक स्वास्थ्य, लैङ्गिक असमानता, जनसांख्यिकीय प्रवृत्ति र सामाजिक विकाससम्बन्धी उनका वैज्ञानिक लेखहरू नेपालको नीतिगत तहमा समेत अत्यन्त उपयोगी साबित भएका छन् । यिनै प्रभावकारी अनुसन्धान र प्रकाशनका आधारमा अधिकारीलाई विश्वस्तरको प्रभावशाली वैज्ञानिकका रूपमा सम्मान गरिएको हो ।
नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका लागि पनि यो एक ठूलो उपलब्धि हो । अधिकारीसहित यस प्रतिष्ठित विश्वविद्यालयका ७ जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरू यो सूचीमा अटाएका छन् । अजय भट्टराई, भीष्म कार्की, निरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्दप्रसाद ढुङ्गाना र हरि अधिकारीसँगै यस सूचीमा परेर त्रिविले आफ्नो शैक्षिक तथा अनुसन्धानिक उत्कृष्टतालाई प्रमाणित गरेको छ । यो सूचीले नेपाली वैज्ञानिकहरूको क्षमता र विश्वव्यापी बौद्धिक समुदायमा उनीहरूको बढ्दो प्रभावलाई स्पष्ट पारेको छ ।
रमेशप्रसाद अधिकारीको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली वैज्ञानिक समुदायका लागि प्रेरणाको स्रोत हो । यो सूचीमा त्रिभुवन विश्वविद्यालयका साथै त्रिवि शिक्षण अस्पताल, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०, काठमाडौँ, इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोज, नेपाल हेल्थ रिसर्च काउन्सिल, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्ट लगायत विभिन्न संस्थाका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू समावेश छन् ।
बायो टेक्नोलोजी सोसाइटी अफ नेपाल, लुम्बिनी मेडिकल कलेज, एनएनआरसिका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया लगायतका नामले नेपाली प्रतिभाको विविधता र क्षमतालाई उजागर गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालका रञ्जितकुमार शाह, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा र सुमन रिजाल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका अरुणभक्त श्रेष्ठ र फिलिप वेस्टर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वैज्ञानिक डा निरञ्जन कोइराला, काठमाडौँ इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिवप्रसाद पुडासैनी, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्टका छविलाल रानाभाट रहेका छन् ।
यसका अतिरिक्त, ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेसन नेपालका मार्क जेडी जोर्डन्स, इन्टरनेसनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका सन्तोष नेपाल, गण्डकी युनिभर्सिटीका राजकुमार थापा, सिईएमवाइटी पिटर आर हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झा, ग्रेड एकेडेमी प्रालिका रन्दिप रकुवाल र गणेशकुमार अग्रवाल, तथा काठमाडौँ क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठको नाम पनि यो प्रतिष्ठित सूचीमा समावेश छ ।
बायो टेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, एनएनआरसिका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया छन् । ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेसन नेपालका मार्क जेडी जोर्डन्स, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका सन्तोष नेपाल, गण्डकी युनिभर्सिटीका राजकुमार थापा छन् ।
सिईएमवाइटी पिटर आर हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झाको नाम पनि समावेश छ । ग्रेड एकेडेमी प्रालिका रन्दिप रकुवाल, काठमाडौँ क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठ, ग्रेट एकेडेमी प्रालिका गणेशकुमार अग्रवालको नाम पनि सूचीमा छ ।
यी सबै नामहरूले नेपालमा विज्ञान र अनुसन्धानको क्षेत्रमा भइरहेको प्रगति र विश्वव्यापी रूपमा नेपाली वैज्ञानिकहरूको बढ्दो पहिचानलाई दर्शाउँछ । रमेशप्रसाद अधिकारी जस्ता मेहनती र समर्पित वैज्ञानिकहरूका कारण नेपालको नाम विश्व मानचित्रमा अझ चम्किलो बनेको छ । विश्जवस्तरमा उत्कृष्ट वैज्ञानिकहरूको सूचीमा पर्ने सबै नेपाली हिराहरूलाई हार्दिक बधाई ।