सुचना, समाचार र मनोरन्जन

अमेरिकामा गायिका सत्यकला राई सम्मानित

काठमाडौं ।

दर्जनौ चर्चित गीतका लोकप्रिय गायिका अमेरिकामा सम्मानित हुनु भएको छ । ग्लोबल पिपल एलायन्स ‘जिपिए’ निर्माता समेत रहनु भएकी राईलाई शान्ति राजदूतको रुपमा बिशेष सम्मान गरिएको हो।

कल्याण फाउन्डेशनको सह–आयोजनामा अमेरिकामा नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी कार्यक्रमको अवसरमा गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै राईले आफूलाई प्रदान गरिएको मान–सम्मानप्रति खुशी व्यक्त गर्दै जिपिएका संस्थापक वैज्ञानिक डा. प्रदिप बास्तोला, जिपिए अध्यक्ष काशी अधिकारी तथा सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

बेलायत र क्यानडा हुँदै चलतित्र प्रदर्शनको सिलसिलामा गायिका राई हाल अमेरिकामा पुग्नु भएको छ । यस्तो कार्यक्रमले नेपाली कला–संस्कृति, चलचित्र र सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको भूमिका उजागर गरेको आयोजक संस्थाका प्रतिनिधिहरुले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.