सुचना, समाचार र मनोरन्जन

२७औँ पोखरा स्ट्रिट फेस्टिभलको कोमागाने पार्क कन्सर्टका सह–प्रायोजक ‘प्रोटोन इमास सेभेन’

पोखरा :

रिवन लेकसाइड पोखराको आयोजना हुने २७औँ पोखरा स्ट्रिट फेस्टिभल अन्तर्गत कोमागाने पार्क, लेकसाइडमा सञ्चालन हुने मुख्य स्टेज कन्सर्टका लागि प्रोटोन इमास सेभेनलाई सह–प्रायोजक घोषणा गरिएको छ। यसका लागि हालै अल्टेक नेपालका सुशील हिराचन र प्रोटोन ईएमएएस७ का आकाश बिक्रम थापाबीच सहमति भएको हो।

उनीहरुको यो सहमतिले कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र दर्शक–मैत्री बनाउने विश्वास व्यक्त गरिएको छ। इभेन्ट पार्टनर अल्टेक नेपालका अनुसार, २८ डिसेम्बर २०२५ देखि १ जनवरी २०२६ सम्म आयोजना हुने यस सडक महोत्सवले पोखराको लेकसाइड क्षेत्रलाई उत्सवमय बनाउनेछ। यस वर्षको महोत्सव ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’मूल नारासहित लेकसाइडको करिब ३ किलोमिटर सडक खण्डमा मनाइँदैछ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रत्यक्ष संगीत कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार र उत्पादनहरूको प्रदर्शन तथा बिक्री हुने आयोजकले बताएका छन्।

महोत्सवको मुख्य स्टेज भने कोमागाने पार्क, लेकसाइड, पोखरामा रहने आयोजकको भनाई छ।

Leave A Reply

Your email address will not be published.