सुचना, समाचार र मनोरन्जन

हस्त लिबाङ निर्देशित फिल्म ‘तलाश’ फागुनमा रिलिज हुँदै

काठमाडौं  :

विश्व शान्ति फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘तलाश’ फागुन महिनामा रिलिज हुने भएको छ। हस्त लिबाङको डेब्यु निर्देशकीय चलचित्र मोरङ, धरान, इलाम र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

निर्देशक लिबाङका अनुसार चलचित्रले समाजमा रहस्यमय रूपमा घट्ने आपराधिक घटनासँग सम्बन्धित कथालाई प्रस्तुत गर्छ। यद्यपि फागुनमा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने आन्तरिक छलफलमै रहेको उनले जानकारी दिएका छन्।

चलचित्रमा एलिना बाँस्कोटा,राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, अजय खडका, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुन्य ओझा, सागर केरुङ, विमल ढुङ्गेल, बिक्रम धिमाल, प्रिति योगी, कल्याण राई र विश्व मुखियालगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रमा रोशन वान्तवा राई र उदय नेम्वाङको संगीत, स्मिता दाहाल, मेलिना राई, उदय नेम्वाङ, दिनेश लिङदेन, यदु राई लकाल्द्री र रोशन सुवेदीको स्वर समावेश छ। दिनेश माङ्मुको नृत्य निर्देशन, विक्रम डिसीको छायांकन र पुन्य ओझाको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रका कथा तथा निर्देशन सल्लाहकार दिनेश लिङदेन हुन् ।

Leave A Reply

Your email address will not be published.