सुचना, समाचार र मनोरन्जन

नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा फिल्म ‘शिरजरा – SONG OF GRANDMOTHER’ बन्ने

काठमाडौं :

नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा फिल्म ‘शिरजरा – SONG OF GRANDMOTHER’ निर्माण हुने भएको छ। फिल्म निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सबीच सहकार्य हुने भएको हो।

विकास सुबेदीको लेखन तथा निर्देशन रहने यस फिल्मका निर्माता सुवास भुषाल (नेपाल) रहेका छन्। फिल्मको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने यसको पोष्ट–प्रोडक्सन पोल्याण्डमा हुने जनाइएको छ।

मेटा–मोडर्न फिलोसोफिकल ड्रामा जनरामा निर्माण हुने भनिए पनि फिल्मको कथावस्तु हाल सार्वजनिक गरिएको छैन। हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्मको छायांकन फेब्रुअरी २०२६ देखि सुरु हुने तयारी गरिएको छ।

फिल्मका कलाकार तथा प्राविधिक टिमबारे थप जानकारी केही दिनभित्र सार्वजनिक गरिने निर्माता सुवास भुषालले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.