Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति
- गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
- ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छः मन्त्री श्रेष्ठ
- ‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान
- ‘लग्यौ परान’को सफलतापछि आयो ‘कार्की साइँला’को धमाकेदार टिजर
- प्रकाशको ‘पारिजात’ मा खुसीसँग गौरवको अव्यक्त प्रेम
- समुद्रले निल्दै नाइजेरियाली बस्ती
- गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
- भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
- ग्यासको अभाव समाधान गर्न सरकारको ध्यानाकर्षण
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
म्याग्दी,
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरु पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरु भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् ।
झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका धादिङको रुबीभ्याली गाउँपालिका–५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामबाट मौसमी रोजगारी मिलेको बताए । “पढाइ र घरखर्च चलाउने पैसा जुटाउनका लागि सुन्तला टिप्न आएको हो”, उनले भने, “तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइलाई निरन्तरता दिने हो।”
यहाँका बगैँचामा सुन्तला टिप्न आउनेमा अधिकांश धादिङ र गोरखाका मजदुर छन् । जिल्लाभर २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगार पाएका बताइएको छ । यहाँका बगैँचामा फलेका सुन्तला टिप्ने र बजार पठाउन हिजोआज किसान तथा मजदुरलाई भ्याइनभ्याइ छ । सुन्तला टिप्ने काम गर्ने उनीहरुले खाना खाएर मासिक रु १५ देखि २० हजार तथा दैनिक रु ७०० देखि ८०० ज्याला पाउने गरेका छन् ।
बोटमा सुन्तला टिप्ने, ग्रेडिङ, गाडीमा लोड र अनलोड गर्न मजदुरको आवश्यकता पर्छ । सुन्तलाखेती गरेका किसानका साथै स्थानीय र अन्य जिल्लाका मजदुरहरुलाई रोजगारी मिलेको बेनी–३ राखुका भवीकला रानाले बताए । गत वर्ष म्याग्दीबाट रु ३३ करोड मूल्य बराबरको चार हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भएको थियो । जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षको मात्रामा सुुन्तला उत्पादन हुने अनुुमान गरिएको बताए ।
राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन् ।