कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ। कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानाकारी निर्माण टिमले दिएको हो।
गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ।