सुचना, समाचार र मनोरन्जन

भारतीय फिल्म ‘होमबाउन्ड’ अक्सार्स २०२६ को सर्टलिस्टमा, सिधार्थ मल्होत्राले व्यक्त गरे खुशी

काठमाडौं :

भारतीय फिल्म ‘होमबाउन्ड’ ले विश्वकै प्रतिष्ठित फिल्म अवार्ड अक्सार्स २०२६ को सर्टलिस्टमा स्थान बनाउन सफल भएको छ। यो उपलब्धिलाई बलिउडका लागि महत्वपूर्ण सफलता मानिएको छ।

फिल्म अक्सार्सको प्रारम्भिक छनोट सूचीमा पर्न सफल भएपछि अभिनेता सिधार्थ मल्होत्राले खुशी व्यक्त गर्दै यसलाई भारतीय सिनेमा र फिल्म टिमका लागि गर्वको क्षण भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत फिल्म टिमलाई बधाई दिँदै अन्तर्राष्ट्रिय मञ्चमा भारतीय कथाले पाएको पहिचानलाई महत्वपूर्ण उपलब्धि भनेका छन्।

अक्सार्स सर्टलिस्टमा ‘होमबाउन्ड’को छनोटले भारतीय सिनेमाले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको संकेत गर्ने विश्लेषकहरूको भनाइ छ। अब अन्तिम मनोनयनतर्फ फिल्मको यात्रा कस्तो रहन्छ भन्नेमा दर्शक र फिल्मकर्मीको ध्यान केन्द्रित भएको छ।
स्रोत ः टाइम्स अफ इण्डिया

Leave A Reply

Your email address will not be published.